जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई थुनामै पठाउन आदेश दिएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यस्तो आदेश गरेको हो ।
न्यायाधीश सापकोटाको इजलासले थुनामै राख्ने आदेश गरेसँगै पुर्पक्षका लागि थुनामा रहेका उनी थुनमुक्त भएर मुद्दा लड्न नपाउने भएका हुन् । बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
लामिछानेले आफ्नो भागमा पर्ने बिगो जनमानत राख्ने र थुनामुक्त हुनुपर्ने माग राखी जिल्ला अदालतमा निवेदन दिएका थिए । लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।
पुर्पक्षमा रहेका लामिछानेले रुपन्देही जिल्ला अदालतमा आफूलाई थुनामुक्त गरी पाउँ भनी निवेदन हालेका थिए । बिगोबापत रकम बैंक ग्यारेन्टी राखेर लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ देखाउँदै थुनामुक्त हुन पाउँ भनेका थिए ।