जीयू कूलपतिको ‘सर्टलिस्ट’मा छानिए ५

नयाँलिपिः ण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । ७ जनाको दरखास्त परेकामा २ जनाको अस्वीकृत भएको हो ।

कुलपति सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार प्राडा नवराज देवकोटा, प्राडा कुश्माकर न्यौपाने, प्राडा सरोज कोइराला, प्राडा विश्वकल्याण पराजुली र प्राडा ईन्द्रप्रसाद तिवारीको दरखास्त स्वीकृत भएको हो ।

प्राडा कृष्णप्रसाद गौतम र सहप्राडा कृष्णप्रसाद अधिकारीको दरखास्त अस्वीकृत भएको छ । कानुनले तोके वमोजिमको योग्यता र कागजात नभएका कारण उनीहरुको दरखास्त अस्वीकृत भएको हो ।

फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।

Exit mobile version