पोखरा महानगरका कर्मचारी २५ हजार घुससहित अख्तियारको फन्दामा

नयाँलिपिः पोखरा महानगरपालिकामा गुनासो सुन्ने अधिकारीकारुपमाकार्यरत कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरको फाइल फछर्याैट शाखामा कार्यरत अधिकारीले अर्का कर्मचारीलाई ‘तपाइको अख्तियारमा मुद्दा परेको छ, म मिलाइदिन्छु’ भनि त्रास देखाएर मुद्दा मिलाइदिने शर्तमा उक्त रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आरोप छ ।

गिरीले महानगरको कार्यालय अगाडी रहेको नर्सरीमा लेनदेन गरेकाबेला रंगेहात समातिएका हुन् । उनलाई अख्तियार र जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले पक्राउ गरेको हो ।

समातिएको घुस रकमको मुचुल्का उठाउनेक्रममा उपस्थित पत्रकारसामु गिरीले आफुलाई योजनाबद्ध तरिकाले फसाउने प्रयास भइरहेको बताएका छन् ।

Exit mobile version