पिएनमा चुनाव गर्न पार्टीका नेता सहमत, विद्यार्थीसँग वार्ता सुरु

नयाँलिपिः मंगलबार तालाबन्दीका कारण रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव गर्न पार्टीका नेताहरु सहमत भएका छन् ।

भर्खरै क्याम्पस प्रशासन, निर्वाचन समितिसँग भएका वार्तामा नेताहरुले चुनाव गर्नैपर्ने सहमति जनाएका हुन् ।

नेताहरुसँग भएको वार्तापछि अहिले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग वार्ता सुरु भएको छ । वार्तामा सहमति जुटे यही शुक्रबारभित्र चुनाव गर्ने योजना रहेको छ ।

चुनाव हुने वातावरण नभए निर्वाचन समितिले राजीनामा दिनसक्ने सम्भावना रहेको छ ।

मंगलबार चुनाव गर्ने तयारी भइरहँदा अखिल (छैठौं)ले मतदान गर्ने कोष्ठक मतपत्रमा नदेखिएपछि आज निर्वाचन हुने बताइएपनि अन्ततः ४ विद्यार्थी संगठनले साँझ

निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि चुनाव अनिश्चित भएको थियो ।

आज विद्याथीसँग हुने वार्ता सकारात्मक हुने अधिक सम्भावना रहेको छ । आजपनि मिति तय नभए पिएनमा चुनाव हुने वातावरण टरेर जाने आंकलन गरिएको छ ।

Exit mobile version