एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ।
बिहिबार भएको क्वाटरफाइनलमा भ्यालेन्सियालाई ५–० ले हराउँदै बार्सिलोना अन्तिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान ११ गोल गरे ।
टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४–० को अग्रता बनायो ।
टोरेसले ३/१७ र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लोपेजले खेलको २३औं मिनेटमा गोल गरे । यामलले ५९औं मिनेटमा गोल गरे ।
हिजो नै भएको अर्को क्वाटरफाइनलमा रियल सोसिडाड विजयी भएको छ । रियलले ओसासुनालाई २–० ले पराजित गर्दै सोसिडाडले अन्तिम चारको यात्रा तय गर्यो।
रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।