गण्डकी अधिवेशनको संघारमा नेकपा (एस), सर्वसम्मतको तयारी

नयाँलिपिः नेकपा एकीकृत समाजवादी, गण्डकी प्रदेश यतिबेला अधिवेशनको तयारीमा जुटेको छ । समाजवादीले आज पत्रकारबीच अधिवेशनको तयारी लगभग सकिएको जनाएको छ ।

यही २६ गतेबाट सुरु हुने प्रदेश अधिवेशनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी अध्यक्ष श्रीनाथ बरालले बताए ।

‘अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ’ बरालले भने ।

अधिवेशनमा प्रदेशशका ११ जिल्लावाट ४ सय ५० जना प्रतिनिधिको सहभागिता रहनेछ । आयोजक र स्वयंसेवकसहित ५ सयको उपस्थिति रहने अधिवेशन २ दिनसम्म चल्नेछ ।

अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १ सय ४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

यद्यपि, अधिवेशनले सर्वसम्मत चयनकालागि अधिकतम पहन गर्ने अध्यक्ष बरालले बताए । ‘लोकतान्त्रिक शैलीमा विधिसम्मत पदाधिकारी चयन गरिने भएपनि सकेसम्म सर्वसम्मत कमिटी गठन हुने अपेक्षा गरेका छौं’ बरालले भने ।

Exit mobile version