स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । आइतवार भ्यालेन्सियालाई ७–१ ले पराजित गर्दे सानदार जित निकालेको हो।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ , फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे ।

खेलको तेस्रो मिनेटमै डी जोङको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । आठौं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

राफिन्हाले १४औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । लोपेजले २४औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोलीको अग्रता ५-० मा पुर्याए ।

डुरोले ५९औं मिनेटमा भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे । त्यसको ७ मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोना ६-१ ले अगाडि बढ्यो ।

भ्यालेन्सियाका सेजर तारेगाबाट ७५औं मिनेटमा आत्मघाती गोल भयो।

जितसँगै बार्सिलोना २१ खेलमा ४२ अंकका तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान खेलबाट १६ अंकका साथ रेलिगेसन जोनमा छ ।

Exit mobile version