माछापुच्छ्रे गापामा अध्यक्ष कप भलिबलको तयारी

नयाँलिपिः माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

माछापुच्छ्रे गाँउपालिका वडा नं७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानियस्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाँउपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिनुभयो । यो प्रतियोगितामा सहभागित टिमले दुई जान वाहिरी खेलडि राख्ने पाउने व्यवस्था मिलाईएको छ ।

‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जानउने छन्’ अध्यक्ष गुरुङले भन्नुभयो,‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’

यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ्रे गाँउ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिनुभयो । ‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भन्नुभयो,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।’

माछापुच्छ्रे गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद अधिकारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाउनुभयो । उहाँका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जानसम्म राख्न सकिने छ ।

Exit mobile version