बार्सिलोना ‘कोपा डेल रे’ च्याम्पियन

बार्सिलोनाले कोपा डेल रे को च्याम्पियन बनेको छ । शनिवार रातिको निकै रोमाञ्चक फाइनल भिडन्तमा बार्सिलोनाले रियल माथि ३–२ गोलको जित हासिल गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयमा २–२ को बराबरीमा खेल सकिएपछि अतिरिक्त समयको ११६ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाले रोमाञ्चक जित हासिल गरेको हो ।

खेलमा पेड्रीले गोल गर्दै २८ औँ मिनेटमा बार्सोलोनालाई पहिलो अग्रता दिलाएका थिए । तर दोस्रो हाफ मैदान छिरेका रियल स्टार
केलियन एम्बाप्पेले ७० औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरी बनाए ।

औरेलियन टुआमनीले ७७ औँ मिनेटमा गोल गर्दे आइपुग्दा रियललाई २–१ को अग्रता दिलाए ।

खेलमा फरान टोरेसले ८४ औँ मिनेटमा बार्सालाई २–२ को बराबरीमा ल्याउन सफल बने । निर्धारित समयमा २–२ मा खेल सकिएपछि अतिरिक्त समयको ११६ औँ मिनेटमा जुल्स कोउन्डेले गोल गर्दै बार्सिलोनालाई कोपा डेल रेको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले ।

Exit mobile version