पर्यटकीय राजधानी घोषणापछि जुलुसमा हिँड्दा श्रीमतिको खुट्टा भाँच्चियोः व्यवसायी पौडेल

दिपक के श्रेष्ठ: बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेललाई बुधबार पोखरेलीहरुले औद्योगिक तथा आइटी महोत्सवमा सुन्ने मौका पाए ।

पौडेल पोखराबाट उदाएका देशकै प्रतिष्ठित पर्यटन व्यवसायी हुन् । उनै व्यवसायीलाई आयोजकले ‘गण्डकीको समुन्नति, पर्यटन र प्रविधि’ विषयक परिसंवादमा वक्ताकारुपमा निम्त्याएका थिए।

संवादकारुपमा पौडेलले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको सन्दर्भ सुनाउँदै भने ‘राजधानी नै घोषणा भयो, हामीले जुलुश ग¥यो, त्यही जुलुशमा हिड्दा श्रीमतीको खुाट्टा भाँच्चियो ।’

सोही दिन श्रीमतिको खुट्टा भाँच्चिनुलाई उनले सांकेतिकरुपमा पर्यटकीय क्षेत्रलाई नै अपशकुन लागेको हो कि भन्ने धारणा राखेका हुन् ।

उनका अनुसार घोषणासँगै पर्यटनलाई पनि उद्योगसरहको सुविधा दिने भन्ने थियो । तर अझै त्यो घोषणा पुरा भएको छैन । सोही कारण श्रीमतिको खुट्टा भाँच्चिएको प्रसंगलाई सांकेतिक भावमा उनले सुनाए ।

‘ठूलो तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरियो । पर्यटनलाई पनि उद्योग सरह सुविधा दिने भन्ने हाम्रो दशकदेखिको माग हो’ उनले सुनाए ‘तर अहिलेसम्म भएको छैन । सबै काम घोषणामा गरेका छौँ तर उपलब्धि चाहिँ देखिएको छैन ।’

यसैबीच पौडेलले पर्यटनमा सूचना प्रविधिको अनुभव पनि बाँडेका छन् । उनले भने ‘अहिलेको जमानामा एउटा स्टार होटलले प्रविधि प्रयोग नगर्ने हो भने चल्दै चल्दैन । त्यति हुँदा पनि हामीले त्यस्तो सुविधा पाएका छैनौं ।’

अझैपनि लोडसेडिङ्को कहर रहेको सुनाउँदै उनले पर्यटकहरु पनि यसबाट हैरान भएको बताए । ‘पर्यटकहरुलाई सस्तो पर्ने हुँदा यहाँ बसेर कम्प्युटरमार्फत अमेरिकाको काम गर्छन्’ पौडेलले भने ‘तर त्यहीबेला बत्ति जान्छ, इन्टरनेट गइदिन्छ ।’

Exit mobile version