एजेन्सी। रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ। जुड बेलिंघमले इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि रियलले जितेको हो ।
शनिवार बिहान भएको खेलमा रियलले २–१ को जित हात निकालेको हो । १० ले पछि परेको खेल उल्टाउँदै जित निकालेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
भ्यालेन्सियाको घरेलु मैदानमा रियलका लुका मोड्रिचले बराबरी गोल गरे । घरेलु टोलीका हुगो डुराले गोल गरे ।
२७औं मिनेटमा डुरालको गोलमा भ्यालेन्सियाले अग्रता बनायो । गोलका लागि संघर्ष गरेको रियललाई खेलको अन्त्य तिर मात्र सफलता मिलेको हो ।
मोड्रिचले ८५ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए । इन्ज्युरी समयमा बेलिंघमले गोल गरेपछि रियल विजयी बन्यो ।
१९ खेलमा ४३ अंकका साथ रियल शीर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सिया १८ खेलमा १२ अंकका साथ रेलिगेसन जोनमा छ ।