एजेन्सी – एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शनिबार भएको खेलमा विजयी भएको छ ।
एट्लेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १–० गोलले पराजित गरेको हो। यो जित संगै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडका जुलियन अल्भारेजले खेलको ६६ औं मिनेटमा गोल गरे । उनको गोल नै जितको लागि काफि भयो । उनले मार्कोस लोरेन्टेले दिएको बललाई गोलमा परिणत गरेको थियो ।
स्पेनिस ला लिगाको शनिबार नै भएको अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २–२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १–१ को बराबरी खेले।
शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।