चितवन ३ मा गठबन्धन चुनावी तीव्र, नारायणी तटबन्ध आयोजना द्रुत गतिमा अगाडी बढ्छ : डा. भोजराज

-


     नयाँ लिपि    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित


चितवन : आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उमेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारी र प्रदेश ३ (क) का उमेदवार डा. सुर्यकान्त घिमिरे मेघौंलीका जनताको घरदैलोमा पुगेका हुन् ।
त्यस अवधिमा भरतपुर २७ र २८ का जनसमुदायले यहाँको समस्याका बारेमा उमेदवारलाई जनाएका थिए ।भरतपुर २८ का थारू समुदायसँगको कुराकानीमा नारायणी र राप्ती नदीको प्रभाव, जंगली जनावरको आतंक नियन्त्रण, जितपुर स्वास्थ केन्द्र र आयूर्वेद स्वास्थ केन्द्रको थप विस्तार, थारू कल्चर भवन पुनर्निर्माणमा जोड दिएका थिएँ ।

स्थानीय शनिचर महत्तोले थारू जनताको अहिलेको समस्या सम्बोधन गर्न आग्रह गरे । यहाँको ढल व्यवस्थापनदेखि जनताको आयआर्जनका लागि योजना बनाउन उनले सुझाव दिए । यस्तै भरतपुर २८ का हरि न्यौपानेले सदरमुकाम क्षेत्रबाट टाढा नबनाउन अनुरोध गरे । उनले गोलाघाट पुल निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । जनताको माग सम्बोधनका लागि आफू प्रतिबद्व रहेको डा. भोजराज अधिकारीले बताए ।