प्रमुख समाचार

भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत भाग लिने ह्याण्डबल टोलीको बिदाई

पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।  गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।  प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि… पुरा पढौ

मृगौला पीडितलाई निशुल्क डायलसिस सेवा : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको… पुरा पढौ

युरोकप : फ्रान्सको दबदबा कायमै

युरोकपको गएराती भएको खेलमा पोचुर्गगललाई पराजित गर्दे फ्रान्सले आफ्नो दबदबा कायमै राखेको छ । भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दे फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।पोर्चुगलका जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो। गएराति नै भएको अर्को खेलमा जर्मनीलाई उसकै घरमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा प्रबेश गरेको छ । अब स्पेन र फ्रान्सबीच सेमिफाइनल भिड्ने छ । क्वाटरफाइनलको दुई… पुरा पढौ

खेलाडी निशिम थापाको शालिक अनावरण

पोखरा । पोखराको रंगशाला भित्र आज (बिहिबार) एक कार्यक्रम गरि स्व.निशिम थापाको शालिक अनावरण गरेको छ । पोखरा रंगशाला हाता भित्रको जग्गामा निशिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा स्व.थापाको शालिक राखेको हो । स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय नेपाल आर्मीको तर्फ बाट प्याराग्लाईडिङ खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगिताकै क्रममा उनको दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा फाउण्डेशनले पार्क निर्माणको लागि पहल शुरु गरेको थियो । त्यही पार्कमा बनेको शालिकलाई लिएर अहिले टिका टिप्पणी… पुरा पढौ

नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्र वडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका ७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका २ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका १५ चौमती… पुरा पढौ

अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए । उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले… पुरा पढौ

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन । बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।   महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ ।  उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो । भलिवल तर्फ… पुरा पढौ

हिले महोत्सवमा रमाए हेमजाली

पोखरा । शनिबार सम्पन्न भएको हेम्जा हिले महोत्सबमा हेमजावासीको बक्लो उपस्थिति रहेको थियो । उक्त महोत्सवमा सबै उमेर समुहका व्याक्तिहरु रमाईलो गरिरहेको देखिन्थ्यो । देवीस्थान सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा कृषि झाँकी सहितको शोभायात्रा मिलनचोक हुदै कार्यक्रम स्थल पुगेको थियो । उक्त महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता रहेको… पुरा पढौ

विभिन्न तौल समुहको केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरा । पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव… पुरा पढौ