प्रमुख समाचार

तनहुँ दुर्घटना अपडेट : १४ जनाको मृत्यु, घाइतेलाई लिन सेनाको हेलिकप्टर जाँदै

तनहुँ । काठमाडौ जादै गरेको भारतीय पर्यटक सवार बस आज (शुक्रबार) मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने पृथ्वीरामार्गबाट मर्स्यादीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  घाइतेलाई काठमाडौं लैजाने तयारी भइरहेको छ । मेडिकल टीमसहितको टोली एमआई १७ हेलिकोप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पुरा पढौ

काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ । तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।  आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँ प्रहरीले जानकारी दिए ।  पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।  बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ । पुरा पढौ

पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने सरकारको निर्णयले व्यवसायी उत्साहित

पोखरा । पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने बारे मन्त्रिपरिषदको बैठकले गरेको निर्णयले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेको छन । पोखरा पर्यटन परिषदले आज (आइतबार) पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णयलाई स्वागत गर्दे कार्यान्वयन हुनेमा आशावादी रहेको कुरा बताएका छन । पोखराबाट भर्ने उडानमा भ्याट छुट,हवाई इन्धनमा छुट लगायतका विभिन्न छुटका स्किम राखेकोले पोखरा अन्तराष्ट्रिय एअरपोर्ट बिजी हुने कुरामा ढुक्क रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए । सरकारले निर्णय गरेको विभिन्न स्किमहरु कार्यान्यन भए अन्तराष्ट्रिय उडानका लागि धेरै हवाई कम्पनीहरु… पुरा पढौ

चोरीको सुन किन्ने र बेच्ने प्रहरीको फन्दामा

पोखरा। पोखरामा चोरीको सुन किन्ने र बेच्ने दुवैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा  महानगरपालिका ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई  चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  आईतबार  दिउसो २ बजे  पोखरा ६ लेकसाईडमा २०  वर्षिया एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा  स्कुटर र मोटरसाईकल आएर चक्कु देखाई घाँटीमा राखि दुई तोला बराबरको सुनको सिक्री नगद १२ हजार र उनी संग भएको ब्याग लुटेको थियो ।   घटना भएको जानकारी प्राप्त… पुरा पढौ

नेपाल काभा वुमन्सको उपविजेतामा सिमित

काठमाडौ । काभा वुमन्स नेसन्स लिग २०२४ को आज भएको फाइनल खेलमा नेपाल उपविजेतामा चित्त बुझाउन पर्यो ।भारतले २३–२५, २५–१४, २२–२५, २५–२१ र ५–१५ ले नेपाललाई हराउदै उपाधि जितेको हो। शुरुवात राम्रो गरेको नेपालले त्यो अग्रता कायम राख्न सकेन । भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि जित्दा नेपाल नै फाइनलको प्रतिस्पर्धी रहेको थियो । पुरा पढौ

एनएसजेफको आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट झण्डै २ लाख बचत

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो । उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख… पुरा पढौ

डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौ । काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.७ सूर्यचौरमा दुर्घटना भएको छ । स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । अन्य विवरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

काभा भलिबल : नेपाल फाईनलमा प्रवेश

काठमाडौ । नेपाल काभा महिला भलिबल लिगको फाईनलमा प्रवेश गरेको छ । काठमाडौको त्रिपुरेश्वरस्थित स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा आज (मंगलबार) भएको सेमिफाईनल खेलमा ईरानलाई ३-० को सोझो सेटमा हराउदै नेपाल फाईनलमा प्रवेश गरेको हो । त्यस्तै आज(मंगलबार) नै भएको अर्को सेमिफाईनल खेलमा श्रीलंकालााई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाईनलमा प्रवेश गरेको हो । नेपालले ईरानलाई २५-२१,२८-२६ र २५-२० ले पराजित गरेको हो । नेपाल र भारत बुधबार हुने फाईनल खेलमा उपाधीको लागि भिडने छ । बुधबार… पुरा पढौ

आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताएका छन । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताए ।  राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०/८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गरे… पुरा पढौ

पश्मिाञ्चल कपास उद्योगमा आगलागी (तस्बिर सहित)

पोखरा । पोखराको गैह्रपाटनमा रहेको पश्मिाञ्चल कपास उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कम्पनीको करिब २२/२३ लाख क्षति भएको जनाएको छ । विद्युतको एमसिबी सर्ट भएको कारण उक्त घटना हुन पुगेको संचालक बसन्त कतिलाले नयाँ लिपीलाई बताए । स्थानीय कतिलाले आफ्नै जग्गामा विगत १२ वर्ष देखि कपास उद्योग संचालन गर्दे आईरहेको थिए । आज (बिहिबार) करिब ११ बजेर ५ मिनेटमा आगलागी भएको स्थानीयले बताए । नेपाल आर्मी,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,स्थानीय र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको… पुरा पढौ