तनहुँ

चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए । घटना भएको स्थल घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव… पुरा पढौ

चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो । आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए । स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि… पुरा पढौ

बन्दिपुरको भित्री सडक पुरा नहुदै बिग्रियो

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दिपुर, पृथ्वी राजमार्गको सडक संजालले पनि राम्रौ सँग जोडिएकोछ र जोडिने क्रममा पनि जारी छ । बन्दिपुरको वडा नं. १ र ४ लाई जोडने गरी निमार्ण भएको ३ कि.मि कालो पत्रे भित्री सडक पुरा नहुदै पहिरोको कारणले विभिन्न ठाउँमा भासिनुको साथै उच्च जोखिम अवस्थामा रहेको छ । करौडौ रकम खर्चिएर बनाएको उक्त सडकको प्रवेशद्धार नै पृथ्वी राजमार्ग विस्तारका क्रममा भत्काइएको कारणले सडक संचालन हुन सकेको छैन । पृथ्वी राजमार्गले विस्तारका क्रममा प्रवेशद्धार भत्काइदा स्थानिय… पुरा पढौ

पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार… पुरा पढौ

वर्षाका कारण डुम्रेको जनजिवन अस्तव्यस्त पृथ्वी राजमार्गको काम ठप्प

शम्भु श्रेष्ठ/तनहुँ । नेपालमा मनसुन भित्रिए सँगै हिजो देखि परेको अबिर वर्षाका कारण डुम्रे बजारको जनजिवन अस्त व्यस्त भएको छ । पृथ्वी राजमार्ग निर्माणको काममा पनि बाधा पुगेको छ। पृथ्वी राजमार्ग चक्ल्याने कार्य धमाधम भई रहेको अवस्थामा वर्षाका कारण दुई दिन देखि काम ठप्प भएको हो । सडकका ठाउँ ठाउँमा ताल परेका कारण सवारी साधन गुडन कठिक भइरहेको छ । जसको कारण सडकमा गुड्ने साधन कम छ । पहिरोको कारण सडक अवरुद्ध नहोस भनेर पहिरो हटाउन चाइनिज कम्पनी सि.सि.सि.सि ले… पुरा पढौ

गोरखाका तमाङ लागु औषध सहित तनहुँमा पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रीत लागूऔषध ट्रमाडोल ९६ ट्याब्लेटसहित गोरखा पालुङटार नगरपालिका ५ बस्ने ३० वर्षीय शुभ प्रभात तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख ४५६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पुरा पढौ

अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए । उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले… पुरा पढौ

बन्दिपुरमा रोपाईको चटारो

शम्भु श्रेष्ठ, तनहुँ । बन्दिपुर १ हरियाली कृषक समूह नाहालाको आयोजनामा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । वि.स २०७६ मा प्रदेश सरकारको आयोजना र तत्कालीन वडा अध्यक्ष भानु भक्त पोखरेलको विषेश सहयोगमा बन्दिपुरमा १६० रोपनी जमिन चक्लाबन्दी भएको थियो । चक्लाबन्दी भए सँगै प्रत्येक वर्ष उक्त जमिनमा धान उत्पादन हुदै आएको छ । चैते धान प्रवर्धन कार्यक्रमको लागि पालिकाको उपस्थितिमा ज्ञान केन्दले गत वर्ष चैतमा कृषकहरुलाई चैते धान लगाएत विभिन्न कृषि औजार वितरण गरेको थियो । सो अनुसार… पुरा पढौ

विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले सोहि वडामा रहेको सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण  गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुमबहादुर रानाले बताए । क्लबका अध्यक्ष सुमबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन  विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ