गण्डकी सेरोफेरो

फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो । तडकभडक रहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले हरेक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन… पुरा पढौ

कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

सुजित ढुङ्गना , पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा मनाउदै आईरहेको पर्व यस पटक पनि भव्यरुपमा मनाएको नेपाल वृन्दाबन धामकी कोषाध्यक्ष अ्म्बिका ढुङानाले बताईन । वृन्दाबन कास्कीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं मानिसहरुको सहभागिता रहेको ढुङानाले बताईन । यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएको आयोजकले बताएका छ्न । यो जात्रामा दहीको होली खेल्ने परम्परा अन्य स्थानमा भन्दा फरक भएको उक्त स्थानमा भएको… पुरा पढौ

नव आर्दशले ‘तिज महोत्सव’ गर्ने

पोखरा । नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले तीज महोत्सव एंव महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । नव आर्दशले मंगलबार केआईसिंह पुलमा रहेको गार्डेन रेष्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गरि भदौ १९ देखि २१ गते सम्म तीज महोत्सव एंव भलिबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने समाजका प्रथम उपाध्यक्ष… पुरा पढौ

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा । पोखराकाे बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह  तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले   सान्त्वना स्थान प्राप्त गरेको छ। काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन

पोखरा । श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न संघ… पुरा पढौ

माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक सकियो

पोखरा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज (सोमबार) सकिएको छ ।आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गरेका थिए । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको… पुरा पढौ

आँबुखैरेनी-मुग्लिन सडक खण्ड सोमबार ३ घण्टा बन्द हुने

पोखरा ।  पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड सोमबार बिहान ३ घण्टा बन्द हुने भएको छ । सोमबार बिहान ६ः३० देखि १० बजेसम्म सडक बन्द हुने भएको हो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराअन्तर्गत सडक डिभिजन दमौलीले आइतबार सूचना प्रकाशित गरी सोमबार राजमार्ग बन्द हुने जानकारी गराएको हो । सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि काम गरिने र सो काम गर्दा जोखिम हुने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल बिच भिड्न्त हुने

पोखरा । पोखरामा आगामी साता हुने ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल बिच भिड्न्त हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् । धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो… पुरा पढौ

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा सुरु

पोखरा । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा… पुरा पढौ

पाखुरीकोट प्रथम ‘६’ ए साइड फुटसल प्रतियोगिता हुने

पोखरा । पोखरामा पाखुरीकोट प्रथम ६ ए साइड एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । पाखुरीकोट युवा परिवारको आयोजनामा हुन गई रहेको फुटसल प्रतियोगिता भदौ १३ र १४ गते हुने प्रतियोगिता संयोजक रन्जन गुरुङले बताए । “युवा एकता र स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको एमेचर फुटसल प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४ लाख खर्च लाग्ने संयोजक गुरुङले बताए । प्रतियोगिताको विजेताले ७० हजार नगद ट्रफी,मेडल,प्रमाणपत्र र उपविजेताले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ… पुरा पढौ