गण्डकी सेरोफेरो

दोस्रो स्थापना दिवस मनाउदै रास्वपा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आफनो दोस्रो स्थापना दिवसका अवसरमा साता ब्यापी कार्यक्रम गरेर मनाउने भएको छ । असार ७ गतेसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सवका रुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरूमा हालसालै निमार्ण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको वताईएको हो । यसै अवसरमा कास्की जिल्लाले असार १… पुरा पढौ

गण्डकी प्रदेश यू–१९ भलिबल टीममा पर्नेको नाम सार्वजनिक 

पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।  गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा  महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ ।  जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र… पुरा पढौ

एसईई कप फुटसलको उपाधि भद्रकालीलाई

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको  दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले  नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।   उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद… पुरा पढौ

विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले सोहि वडामा रहेको सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण  गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुमबहादुर रानाले बताए । क्लबका अध्यक्ष सुमबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन  विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: दोस्रो दिन ३ खेल सम्पन्न

पोखरा। 'हेमजा भेट्रान्स कप' को दोस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका ६,१० र २५ विजयी भएको छ । जसमा पोखरा ६ ले १५ लाई २–० गोल अन्तर पाखा लगायो । पोखरा १० ले २० लाई ३–१ ले पराजित गर्दे अगाडिको यात्रातय गर्यो। त्यस्तै पोखरा २५ ले २९ लाई ५–२ गोल अन्तरले पराजित गर्दे क्वाटरफाईनलको लागि आफ्नो स्थान सुरक्षित गर्यो । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप… पुरा पढौ

फेन्सिङ खेलाडीलाई बिदाई

पोखरा । गण्डकी प्रदेशको फेन्सिङ खेलाडीलाई आइतबार एक कार्यक्रम गरि विदाई गरेको छ ।छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आज एक कार्यक्रम गरि विदाई गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का वोर्ड सदस्य राजेश गुरुङले उक्त विदाई कार्यक्रममा खेलाडीलाई अनुशासित भएर खेल्न आग्रह गर्दे स्वर्ण पदक जितेर ल्याउने गरि खेल्न भनेको छन । गुरुङले प्रतियोगिताबाट पोखरा फर्कने क्रममा मनकामना मन्दिर दर्शन गर्न गए केबलकारको टिकट आफले निःशुल्क उपलब्ध गराउने बताए प्रतियोगिता असार ३ गतेदेखि ५ गतेसम्म… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जित कायमै

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जीत कायमै रहेको छ ।आइतबार भएको खेलमा कास्कीले तनहुँलाई ७७ रनले पराजित गर्दे जित कायमै राखेको हो । यो जित संगै कास्की ६ अंकको साथ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको… पुरा पढौ

अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले हरायो

पोखरा। टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियाको जित संगै साबिक विजेता इंग्ल्यान्ड भाग्यमानी सावित भयो । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ । यसअघि इंग्ल्यान्डले नामिबयालाई हराउँदै स्कटल्यान्डसँग अङ्क… पुरा पढौ

‘हेम्जा भेट्रान्स कप’मा पोखरा महानगरपालिका १ को विजयी सुरुवात

पोखरा । पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १ ले विजयी सुरुवात गरेको छ ।पोखरा महानगरपालिका १ ले २५ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो। पोखरा १ को जितमा राजु तमाङ र अन्तिम गुरुङले समान १/१ गोल गरे । पहिलो हाफको ३४ औ मिनेटमा राजु तमाङले गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ८ औ मिनेटमा अन्तिम गुरुङले गोल गर्दे गोल संख्या दोब्बर बनाए । “युवा… पुरा पढौ

राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं : पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो । त्यसको लागि पब्लिक… पुरा पढौ