ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ
पोखरा । पोखराको प्रस्याङबाट डिजेल चोरीको आरोपमा सोमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ । रोहित नेपालीले पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी जिवन श्रेष्ठलाई चार हजारमा बेचेका थिए । डिजेल चोरी भयो…
पुरा पढौ
प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गर्ने क्षेत्री पक्राउ
पोखरा । प्रहरी हुँ भन्दै विभिन्न व्याक्तिहरुलाई WhatsApp तथा Telegram बाट सम्पर्क गरी रकम माग्ने सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै रकम असुली गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आईतबार क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीले आफु प्रहरी भएको बताउदै केही काम छ भने भन्नुहोस गरिदिन्छु”भन्ने र सर्वसाधरण संग रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर…
पुरा पढौ
पहिलो GLC अन्तर्राष्ट्रिय चेस डे र्यापिड रेटिङ चेस सम्पन्न
काठमाण्डौ । पहिलो GLC अन्तर्राष्ट्रिय चेस डे र्यापिड रेटिङ चेस च्याम्पियनशिप काठमाण्डौको बासुन्धारा स्थित GLC एजुकेशनल हबमा सम्पन्न भएको छ। यस प्रतियोगितामा १३० प्रतियोगीहरुले ७ चरणसम्मको कठिन प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। ३२ वटा पदकहरू वितरण गरिएको यस प्रतियोगितामा शीर्ष तीन खेलाडीहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा २० जना फिडे रेटिङ प्राप्त खेलाडीहरूको उपस्थिति रहेको थियो। माउन्ट एभरेस्ट चेस क्लबका श्रेष्ठ राम भक्ताले ७ मध्ये ६.५ अंक हासिल गर्दै समग्र विजेता बने। उनले ६.५ अंक प्राप्त गर्ने सुजन काफ्लेसँग…
पुरा पढौ
पोमनपा २५ ले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्यो
पोखरा । पोखरा महानगरपालिका २५ को नयाँ भवनबाट सेवा दिन सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालय भवन साघुरो भएकोले सेवा दिन कठिनाई भएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि चुस्त दुरुस्त हुनु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी , पोखरा महानगरपालिका २ का वडा अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल…
पुरा पढौ
हाईलक्स र मोटरसाईकल ठोकिदाँ घाईते भएका मोटरसाईकल चालकको मृत्यु
पोखरा । आज (आईतबार) बिहान पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ५:४० बजे ग ३ च ३४५७ नं. हाईलक्स र ग ११ प ९१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ पोखरा ६ का २६ वर्षिय ईश्वर परियार घाईते भएका थिए । घाईते परियारलाई उपचारका लगि पोखराको गण्डकी मेडिकल कलेज पुर्याएको थियो । उपचारको क्रममा आईतबार बिहान ६:४३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ…
पुरा पढौ
आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी
पोखरा ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उहाँले भन्नुभयो…
पुरा पढौ
विपदमा परेका परिवारलाई युनाइटेड क्लबको सहयोग
पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार…
पुरा पढौ
चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन
शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए । घटना भएको स्थल घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव…
पुरा पढौ
पोखरामा यु–२० बुद्धिचाल प्रतियोगिता हुने
पोखरा । पोखरामा हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजना हुन लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रामबहादुर क्षेत्रीले बताए । प्रतियोगिता स्विस लिगको आधारमा हुने आयोजकले जनाएको छ । स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार आयोजना हुने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा हालसम्म…
पुरा पढौ
जियुले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक
पोखरा । गण्डकी विश्वविद्यालय (जियु) एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको…
पुरा पढौ