गण्डकी सेरोफेरो

विपदमा परेका परिवारलाई युनाइटेड क्लबको सहयोग

पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार… पुरा पढौ

चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए । घटना भएको स्थल घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव… पुरा पढौ

पोखरामा यु–२० बुद्धिचाल प्रतियोगिता हुने

पोखरा । पोखरामा हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजना हुन लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रामबहादुर क्षेत्रीले बताए । प्रतियोगिता स्विस लिगको आधारमा हुने आयोजकले जनाएको छ । स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार आयोजना हुने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा हालसम्म… पुरा पढौ

जियुले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

पोखरा । गण्डकी विश्वविद्यालय (जियु) एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवको  छात्रवृत्ति अक्षयकोष स्थापना

पोखरा ।  युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न  विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युनाइटेड क्लबले… पुरा पढौ

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।  स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै  स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए । प्रदेशका… पुरा पढौ

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग… पुरा पढौ

पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु पर्छ, शिक्षा, सिप… पुरा पढौ

चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो । आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए । स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि… पुरा पढौ

गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद प्रतियोगिता बिजेता खेलाडीहरु पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश… पुरा पढौ