गण्डकी सेरोफेरो

मानव बेचबिखन कम गर्न सचेतना

पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत… पुरा पढौ

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज 

पोखराः  नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् ।  मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए ।  यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ ।   सोहि कार्यक्रममा नेपाल मगर पत्रकार संघ कास्कीले… पुरा पढौ

सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकमा सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ को पर्यटक बसको चालकलाई गाली गलौज गर्नुका साथै सवारी साधनको सिसा फुटाई दिएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशले आयोजना गरेका बन्दको दिन उनले ढुङ्गा प्रहार गरि सवारी साधनको सिसा फुटाएका थिए । काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं.६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघमा सुनिल गायक

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र… पुरा पढौ

स्कुल बस दुर्घटना अपडेट : आमा छोराको मृत्यु ,२८ जना घाईते

पोखरा । पोखरामा आज बिहान ८:५५ बजे विद्यार्थी लिएर पोखरा फर्कदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटना हुदाँ आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा सोहि स्कुलका सहयोगी ३३ वर्षिया आरती बिक र उनका छोरा प्रिन्स बि.क रहेको प्रहरीले जनाएको हो । पोखरा महानगरपालिका वडा नं.२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । उक्त बसमा चालक तथा बिद्यार्थी सहित ३० सवार रहेको प्रहरीले जनाएको छ । उक्त… पुरा पढौ

पोखरामा स्कुल बस बाटो मुनि खस्यो

पोखरा । पोखरामा आज बिहान विधार्थी लिन गएको बिरौटा १७ मा रहेको एलपी देबकोटा बोडिङ स्कुलको बस बाटो मुनि खसेको छ । पोखरा २१ फुस्रे खोला नजिकको बाटो बाट ४०/५० मिटर तल खसेको बसमा २२ जना विधार्थी र चालक र सह- चालक गरि २४ जना सवार थिए । घाईतेको पोखरा बिरौटामा रहेको नमस्ते अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । २ जनाको अवस्था गम्भिर भएको घटना स्थलबाट सन्चारकर्मी प्रवेश पोख्रेलले बताए । पुरा पढौ

बन्दिपुरको ‘रक गार्डेन’ अलपत्र अवस्थामा

तनहुँ । बन्दिपुर गाउँपालिकामा करौडो रकम खर्चेर बनाउन सुरु गरेको रक गार्डेन अहिले अलपत्र अवस्थामा रहेको छ । पृथ्वी राजमार्गमा रहेको डुम्रे बजार भन्दा केहि माथि रहेको उक्त रक गार्डेन लगभग ५ वर्ष बितिसक्दा पनि निर्माणको कार्य पुनः सुरु हुन सकेको छैन । बन्दिपुर गाउँपालिका वडा १ मा निमार्ण सुरु भएको उक्त गार्डेन अहिले लगभग बेवारिसे अवस्था छ ।उक्त गार्डेनलाई पुनः सुरु गर्नको लागि न त बन्दिपुर गाउँपालिकाले चासो दिएको छ । नत निर्माण जिम्मा लिएको नयाँ शहरी आयोजनाले नै… पुरा पढौ

पत्रकार माथी आक्रमण गर्ने ४पक्राउ,पत्रकार संगठन द्धारा भर्सना

पोखरा । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले पोखरामा आइतबार गरेको आन्दोलनमा रिपोटिङ गर्न पुगेका पोखराका पत्रकार सुरज थापा र विनु मरसानी कुटिएका छन् । कुटपिटमा संलग्न भएका आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् । अन्दोलनकारीले पत्रकारद्धय ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पत्रकार माथि भएको… पुरा पढौ

परोपकार महासंघलाई पोखरा आरम्भ चौतारीको सहयोग

पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय  परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग  गरेको हो । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल, चित्र… पुरा पढौ

नबिल बैंकको पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

पोखरा । नबिल बैंकले आफ्नो ४०औं वार्षिकोत्सवको अवसर पारेर देशभर विभिन्न कार्यक्रम गरिरहेको छ । यसै क्रममा आज गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता… पुरा पढौ