गण्डकी सेरोफेरो

बिटिको रक्तदानमा १ सय ४ युनिट रगत संकलन

पोखर । पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।  बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका… पुरा पढौ

शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा ः श्रेष्ठ

पोखरा । पोखरा १२ शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा शुसिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन । शितलादेवीमा रहेको हिटीको पार्कमा सम्पन्न भएकोसंस्थाको २० औ साधारण सभा तथा आठौ अधिवेशनबाट १५ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा प्रदिप घिमिरे,सचिव दिपेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा ओम गुरुङ,रेशम बहादुर कार्की,इन्दिरा कोइराला,धनविर गुरुङ,जुम बहादुर गुरुङ,दुर्गा श्रेष्ठ,टीका कोइराला,राजकुमारी गुरुङ र लाल कुमारी गुरुङ रहेका छन । मनोनित सदस्यमा देवीकला अधिकारी र सुमन कोइराला रहेका छन । कार्यक्रमका प्रमुख… पुरा पढौ

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताउनुभएको छ । उहाँले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उहाँले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको उहाँले बताउनुभयो ।… पुरा पढौ

‘६’ए साइडको उपाधी कसेरी भेट्रानलाई

पोखरा । पोखरा १३ मा रहेको खेल कुञ्ज एरिनामा शनिबार सम्पन्न भएको प्रथम '६' ए साइड भेट्रान फुटसल प्रतियोगिताको उपाधी कसेरी भेट्रानले उचालेको छ । सडेन डेथमा १०–११ भेट्रान 'ए' लाई ३–२ ले पराजित गर्दे उपाधि हात पारेको हो । कसेरीको जितमा बिन गुरुङ,अन्तिम गुरुङ र गम्भिर परियारले गोलले गरे । नबिन गुरुङको बललाई माटेपानी भेट्रानका गोलकिपर पूर्ण गुरुङले रोकेका थिए । त्यस्तै १०–११ भेट्रान ए का तर्फबाट कुल गुरुङ र अमित परियारले मात्र गोल गरे । क्याप्टेन सन्दिप गुरुङले… पुरा पढौ

पोखरामा फुटसल प्रतियोगिता सुरु, पहिलो दिन १३ खेल सम्पन्न

पोखरा। पोखराको खेल कुञ्ज एरिनामा आज देखि प्रथम '६' ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ। पहिलो दिन १३ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक सन्दिप गुरुङले बताए । आज भएको पहिलो उद्धघाटन खेलमा कसेरी भेट्रान विजयी भएको छ। कसेरीले १०–११'बि' भेट्रानलाई १–०ले पराजित गरेको हो । दोस्रो खेलमा सिसिवाई काठमाडौ विजयी भएको छ । सिसिवाईलो एलजी एशोसियसन बि लाई ३–१ ले पराजित गरको हो । तेस्रो खेलमा एक्टििभ स्कार्ड विजयी भएको छ । एक्टिभ स्कार्डले एलजी एशोसियसनलाई २–० ले पराजित… पुरा पढौ

‘६’ए साईड फुटबल प्रतियोगाताको टाईसिट सार्वजनिक

पोखरा । पोखरा १३ को खेल कुन्ज एरिनामा भोलि (शुक्रबार) बाट आयोजना हुन गई रहेको '६' ए साईड फुटबल प्रतियोगिताको टाईसिट सर्वजनिक गरेको छ । टाईसिट सर्वजनिक बिहिबार अफिसियल लाईभ मिडिया पाट्नर नयाँ लिपिको फेसबुक पेज मार्फत सार्वजनिक गरेको प्रतियोगिता संयोजक सन्दिप गुरुङले बताए । प्रतियोगिताको उद्वघाटन भोलि (शुक्रबार) बिहान १०  वजे हुने आयोजकले बताएको छ ।   उद्वघाटन खेल १०-११ माटेपानी र कस्केरी भेट्रान बिच हुनेछ । भोलि क्वाटर फाईनल सम्मका सबै खेल पुरा हुने  आयोजकले जनाएको छ । 'स्वास्थ्य नै धन… पुरा पढौ

फोनिज रजत वर्षमा पत्रकार बिच भलिबल र छेलो प्रतियोगिता

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता गरेको  छ ।  फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भयो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो ।… पुरा पढौ

हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने… पुरा पढौ

एनएसजेफको आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट झण्डै २ लाख बचत

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो । उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख… पुरा पढौ

‘६’ ए साइडको लाईभ मिडिया पार्टनर नयाँ लिपि

पोखरा । पोखरा १३ कुडँहरमा रहेको खेल कुञ्जमा साउन २५ गते देखि आयोजना हुन गईरहेको प्रथम '६' ए साइड भेट्रान फुटबल प्रतियोगितामा लाईभ मिडिया पार्टनरका रुपमा नयाँ लिपि न्यूजलाई जिम्मेवारी दिएको प्रतियोगिता संयोजक सन्दिप गुरुङले बताए । नयाँ लिपि न्यूजले प्रतियोगिताको उद्धघाटन खेलको साथै सेमिफाइनल र फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने छ । पोखरा १३को खेल कुञ्जमा आयोजना हुन गई रहेको उक्त प्रतियोगितामा भाग लिन काठमाडौबाट पनि टिम आउने प्रतियोगिता संयोजक गुरुङले बताए । प्रतियोगितामा सहभागी हुने टिमले साउन २४… पुरा पढौ