गण्डकी सेरोफेरो

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा । नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर,… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल) ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वस्त छु।’… पुरा पढौ

मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’

पोखरा । हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन्द्र)र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा २० जना… पुरा पढौ

स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले… पुरा पढौ

‘दिलसरा’ भदौ ३ गते प्रर्दशन हुदै

पोखरा । मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदैछ ।चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरुले संघर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गर्ने चलचित्रका निर्माता तथा कथा लेखक जुना थापामगरले बताइन् । “देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका… पुरा पढौ

चोरीको सुन किन्ने र बेच्ने प्रहरीको फन्दामा

पोखरा। पोखरामा चोरीको सुन किन्ने र बेच्ने दुवैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा  महानगरपालिका ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मालाई  चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  आईतबार  दिउसो २ बजे  पोखरा ६ लेकसाईडमा २०  वर्षिया एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा  स्कुटर र मोटरसाईकल आएर चक्कु देखाई घाँटीमा राखि दुई तोला बराबरको सुनको सिक्री नगद १२ हजार र उनी संग भएको ब्याग लुटेको थियो ।   घटना भएको जानकारी प्राप्त… पुरा पढौ

पोखराको प्रचार गर्दै ‘डुलुवा’ टोली भारतको कन्याकुमारी पुग्यो

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु केटुकेको… पुरा पढौ

बिटिको रक्तदानमा १ सय ४ युनिट रगत संकलन

पोखर । पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।  बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका… पुरा पढौ

शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा ः श्रेष्ठ

पोखरा । पोखरा १२ शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा शुसिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन । शितलादेवीमा रहेको हिटीको पार्कमा सम्पन्न भएकोसंस्थाको २० औ साधारण सभा तथा आठौ अधिवेशनबाट १५ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा प्रदिप घिमिरे,सचिव दिपेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा ओम गुरुङ,रेशम बहादुर कार्की,इन्दिरा कोइराला,धनविर गुरुङ,जुम बहादुर गुरुङ,दुर्गा श्रेष्ठ,टीका कोइराला,राजकुमारी गुरुङ र लाल कुमारी गुरुङ रहेका छन । मनोनित सदस्यमा देवीकला अधिकारी र सुमन कोइराला रहेका छन । कार्यक्रमका प्रमुख… पुरा पढौ

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताउनुभएको छ । उहाँले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उहाँले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको उहाँले बताउनुभयो ।… पुरा पढौ