गण्डकी सेरोफेरो

तमु धिंमा एक महिने छ्याँडु नृत्य प्रशिक्षण सुरु हुदै

पोखरा । तमु समुदायको संस्कारसँग सम्बन्धित मौलिक लोपोन्मुख साँस्कृतिक नृत्य छ्याँडुको एक महिने प्रशिक्षण आजबाट पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सुरु हुदैछ । युवा पुस्तामा सँस्कृती हस्तान्तरण गर्ने उद्देश्यले तमु धिं नेपाल केन्द्रिय युवा समितिको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग र तमु धिं नेपालको समन्वयमा हुने युवा समितिका अध्यक्ष रमेश गुरुङले बताए । छ्याँडुको संरक्षण, बिकाश र युवा पुस्तालाई साँस्कृतिक सम्पदा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित निशुल्क प्रशिक्षण ब्यवस्थित गर्न समिति गठन गरेको छ । जसमा सचिव राम प्रसाद… पुरा पढौ

पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने सरकारको निर्णयले व्यवसायी उत्साहित

पोखरा । पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने बारे मन्त्रिपरिषदको बैठकले गरेको निर्णयले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेको छन । पोखरा पर्यटन परिषदले आज (आइतबार) पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णयलाई स्वागत गर्दे कार्यान्वयन हुनेमा आशावादी रहेको कुरा बताएका छन । पोखराबाट भर्ने उडानमा भ्याट छुट,हवाई इन्धनमा छुट लगायतका विभिन्न छुटका स्किम राखेकोले पोखरा अन्तराष्ट्रिय एअरपोर्ट बिजी हुने कुरामा ढुक्क रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए । सरकारले निर्णय गरेको विभिन्न स्किमहरु कार्यान्यन भए अन्तराष्ट्रिय उडानका लागि धेरै हवाई कम्पनीहरु… पुरा पढौ

सिटिवानले तीज गीत मेला गर्ने

पोखरा । सिटिवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो र दोस्रो सस्करणको अपार सफलता पछि यही भाद्र १५… पुरा पढौ

अंशुभरा लेकसाइडमा “३१ एभिन्यु” आउँदै

पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले… पुरा पढौ

पिन पोखराको अध्यक्षमा : खतिवडा

पोखरा । नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन (पिन) पोखराको पाँचौ इकाई  अधिबेशनले निरोज खतिवडालाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले अध्यक्ष सहित सबै कार्यसमिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल, सह-सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा विनय श्रेष्ठ, सह-कोषाध्यक्षमा उत्तम सुबेदी चयन भएका छन ।   यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ, रेशम बिष्ट चयन भए । कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका  उपाध्यक्ष  डा. कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा… पुरा पढौ

नेपाल मोबाईल व्यवसायीको वृक्षरोपण कार्यक्रम सम्पन्न

पोखरा । नेपाल मोबाईल महासंघ गण्डकी प्रदेश र नेपाल मोवाईल महासंघ कास्कीको सयुक्त आयोजनामा पोखरा १९ मा शनिबार वृक्षरोपण कार्यक्रम गरेको छ । वातावरण हराभरा बनाउने उद्धेश्यले पोखरा महानगरपालिका १९ पुरुनचौर चुरुगां सिमलटारीमा शनिबार नेवारा, एवोकाडो,राई खनिया,हंरौ,अमला लगायतका विरुवा रोपेको नेपाल मोबाईल महासंघका केन्द्रिय उपाध्यक्ष उदय केसी (लाहुरेदाई) ले जानकारी दिए । उक्त वृक्षरोपण कार्यक्रममा नेपाल मोबाईल महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष देव नारायण श्रेष्ठ,उपाध्यक्ष बिष्णु नारायण श्रेष्ठ,महासचिव नारायण सुवेदी, नेपाल मोबाईल महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटीका सदस्य लगायत २०… पुरा पढौ

मैत्रीपुर्ण फुटबलमा पत्रकारको टोली विजयी

पोखरा । पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । पत्रकारको टोलीले खेलकुद विकास मन्चलाई ५–३ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको सुरुवातमै पत्रकार टोलीका डिफेन्डर योगेन्द्र श्रेष्ठले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेको थियो ।१–० गोलले पछि परेको पत्रकार टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो । पत्रकार टोलीको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे भने शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल… पुरा पढौ

नृत्य निर्देशक संघ प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने

काठमाडौँ । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आईतबार पर्यटकिय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको हो । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश कमिटीले संयोजन गरेका हुन ।   नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ छ्न भने वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाही, महिला… पुरा पढौ

महिलाको सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम

पोखरा । महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखिकरण गरिएको हो ।अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट आएकै कारण उद्यमीहरुको… पुरा पढौ

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक… पुरा पढौ