नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन…
पुरा पढौ