कास्की

पोखरामा स्कुल बस दुर्घटना : बसमा सवार सबै विधार्थी सकुसल, चालक घाइते 

पोखरा । पोखराको घारीपाटनमा आज (शुक्रबार) दिउसो तिन बजे स्कुल बस चालकले नियन्त्रण गुमाउदाँ दुर्घटना भएको छ । दुर्घटना भएको ग १ क ४६६१ नं. को बस नागढुङ्गा स्थित न्यु मोडेल सेकेन्डरी स्कुलको भएको प्रहरीले जनाएको छ । प्रहरीले बताए अनुसार चालकले नियन्त्रण गुमाउन पुग्दा बस दुर्घटनामा परेको हो ।   बस सडकबाट करिब ३ मिटर तल खसेको र उक्त बसले पार्किङ गरी राखेको  तिन वटा ट्याक्सीमा क्षति पुगेको छ । उक्त बसका चालक दल बहादुर गुरुङ सामान्य घाईते भएका छन । उनलाई… पुरा पढौ

श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको तयारी तिव्र

पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ । हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा हुने धार्मिक झाँकी सहितको प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए । विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष प्रतियोगिता संचालनको रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउने गरी तयारी तिव्र पारेको र आन्तरिक वाहेकका वाह्य… पुरा पढौ

तनहुँ दुर्घटना अपडेट : १४ जनाको मृत्यु, घाइतेलाई लिन सेनाको हेलिकप्टर जाँदै

तनहुँ । काठमाडौ जादै गरेको भारतीय पर्यटक सवार बस आज (शुक्रबार) मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने पृथ्वीरामार्गबाट मर्स्यादीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  घाइतेलाई काठमाडौं लैजाने तयारी भइरहेको छ । मेडिकल टीमसहितको टोली एमआई १७ हेलिकोप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पुरा पढौ

काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ । तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।  आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँ प्रहरीले जानकारी दिए ।  पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।  बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ । पुरा पढौ

पोखरा टिभीको तीज गीतको ग्राण्ड फिनाले भाद्र १४ मा

पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भदौ १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु बिच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र द्धितिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तृतिय हुनेले १० हजार र सान्तवना हुने जिल्लाले… पुरा पढौ

पोखरा १२ को डेगुं परिक्षण एंवम सचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२,लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको सयुक्त आयोजनामा निःशुल्क डेगुं रोग परिक्षण तथा जनचेतना कार्यक्रम आज(शुक्रबार) सम्पन्न भएको छ । पोखरा १२ कार्यालयको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेगुं रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे । क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टृक्ट ३२५ आइ नेपालका डिष्टृक्ट… पुरा पढौ

लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुवै प्रकाउ परे

पोखरा । पोखरामा बुधबार लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुबैलाई प्रहरीले प्रकाउ गरेको छ । धादिङ घर भएका २७ वर्षिय विजय पोख्रेललाई पोखरा नयाँ बजारमा प्रहरीले शंकास्पद अवस्थामा देखे पछि खनतलासी गर्दा उनले बोकेको झोलामा लागु औषधी ट्यापेन्डोल १ सय २० चक्की फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोधपुछ गर्दा नयाँबजारमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको खुल्न आए पछि प्रहरीले उक्त फार्मेसीमा खनतलासी गर्दा ट्यापेन्डोल ९० चक्की फेला परेकोले फार्मेसी संचालक ४८ वर्षिय केदार अधिकारीलाई प्रहरीले… पुरा पढौ

नेपाली विभागमा छात्रवृत्ति वितरण

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल… पुरा पढौ

पोखरामा सांगीतिक कार्यक्रम ‘रेन्टरटेनमेन्ट’हुने

पोखरा । पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ’रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ’ग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत… पुरा पढौ

क्याटवाकको वार्षिकोत्सवमा नि:शुल्क आँखा जाँच

पोखरा । क्लब क्याटवाकले आफ्नो दोस्रो वार्षिकोत्सवमा नि:शुल्क आँखा परिक्षण एंव रक्तदान लगायतका कार्यक्रम गरि मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्कआँखा शिविर तथा रक्तदान लगाएतका कार्य गरेको हो । पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । क्लबले यस विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक,… पुरा पढौ