अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउ : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले…
पुरा पढौ
मोबाईल टावरमा सामान खरिद गर्दा उपहारै उपहार
पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरले दशै तिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको छ । यो योजना अन्तरगत राइसकुकर,टिभि देखि स्कुटर सम्मको उपहार रहेको 'मोबाईल मेला २०८१' का संयोजक बुद्धि थापाले बताए । यो बम्पर योजना अन्तरगत प्रथम हुनेलाई ३२ इन्चकोे टिभि र द्धितिय हुनेलाई एसी कुलर,तेस्रो हुनेलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कारमा राईस कुकर रहेको छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ । गण्डकी…
पुरा पढौ
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्यटन दिवस मनाउँदै
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला…
पुरा पढौ
४२ लाख बराबरको च्याङ्ग्रा चोरी गर्ने प्रकाउ
पोखरा । पोखरामा च्याङ्ग्रा चोरी गरेको अभियोगमा आज १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका फकिर मोहम्मदले १०३ वटा च्याङ्ग्रा चोरी गरि फरार भएका थिए । उनले आफु सहित ३ जना मुस्ताङ पुगि ताक्ला गुरुङको गोठबाट असोजको १ गते १०३ वटा च्याङ्ग्रा पोखरा झारेका थिए । उनीहरुले पोखरा पुगि पैसा दिन्छौ भन्दै च्याङ्ग्रा धनि ताक्लालाई संगै पोखरा ल्याएका थिए । च्याङ्ग्रा सहित आएका उनीहरु पोखराको ड्यामसाईडको होटलमा बसेका थिए । होटलमा सबै सुतेको मौका छोपी च्याङ्ग्रा भएको गाडी…
पुरा पढौ
यू–१९ क्रिकेट : तनहुँको सहज जित
पोखरा । पोखरा रंगशालामा जारी यू–१९ क्रिकेट प्रतियोगिताको आज (मंगलबार) भएको प्रतियोगितामा तनहुँले सहज जित निकालेको छ ।तनहुँले पर्वतलाई ९ विकेटले पराजित गर्दे सहज जित निकालेको हो । प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भएको वाईवाई यू–१९ क्रिकेट प्रतियोगिताका दोस्रो दिन पर्वतले ७६ रन मात्र जोड्यो । ७७ रनको लक्ष्य पाएका तनहुँले १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । तनहुँका लागि इसान श्रेष्ठले अविजित रहदै १८ र वन्स क्षेत्रीले २१ रनको योगदान दिए । ओपनर श्रेष्ठले ५३ बल खेल्दै २…
पुरा पढौ
पोखरामा यू–१९ क्रिकेट सुरु
पोखरा । पोखरामा आज (सोमबार) बाट वाई वाई कप यू–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्धघाटन खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न आजको खेलमा कास्कीले पर्वतलाई ८ विकेटले जितेको हो । टस जितेर पारीको सुरुवात गरेको पवर्त २८.५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो । यता जवाफी व्याटिङ उर्तेको कास्कीले १२.५ ओभरमा २ विकेटको क्षतीमा ६९ रन बनाउँदै सहज जित हासिल गर्यो । पर्वतका लागि किरण पौडेलले सर्वाधिक ७० बलमा सर्वाधिक २९…
पुरा पढौ
आनन्दित गृहको अध्यक्षमा पुन : शाक्य
पोखरा । आनन्दित गृह (ह्याप्पी होम), नेपालको शनिबार ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले पुन : डाक्टर यज्ञमान शाक्यलाई अध्यक्षतामा चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्क्षयमा मेजरमान बज्राचार्य, महासचिव रोमाकुमारी राउत शाक्य र कोषाध्यक्षमा रमेशलाल ताम्राकार चयन गरेको हो । ७ सदस्यीय रहेको हेप्पीहोमको कार्यसमिति सदस्यमा शुसिला खनाल, गोमा क्षेत्री र नीलम महर्जन चयन भएका छ्न । निर्वाचन समिति संयोजक इन्द्रबहादुर खड्का तथा सदस्यमा उमामहेश घिमिरे र बरकाशी गुरुङ रहेका थिए । समितिको कार्यकाल २…
पुरा पढौ
पर्वतीय दौडलाई पर्यटन व्यवसायीले साथ दिने
पोखरा । पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् । ती गन्तव्यको खेल…
पुरा पढौ
संविधान दिवसको दिन जसपाले पोखरामा कालो दिन मनायो
पोखरा ।संविधान दिबसको दिन आज (बिहिबार) पोखरामा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति ले एक कार्यक्रम बिच कालो दिन मनाएको छ । नेपालको संविधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध स्वरुप कालो दिन मनाएको जसपाले जनाएको छ । बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संविधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.के ले यो…
पुरा पढौ
पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
पोखरा ।प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित…
पुरा पढौ