निरमाया दोहोरी २० वर्षमा प्रवेश
पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा…
पुरा पढौ
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य नियुक्त
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्य नियुक्त भएका छन । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर आएका हुन । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन…
पुरा पढौ
‘युवालाई नेतृत्वमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे । “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास…
पुरा पढौ
नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन
पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।…
पुरा पढौ
पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने
पोखरा । पोखरा पर्यटन परिषदको आयोजनामा हिले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो । परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव संयोजक तारानाथ पहरीले जानकारी दिएको हो । उक्त हिले प्रतियोगितामा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छ । रस्सा कसी…
पुरा पढौ
पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा
पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए । नेपाल प्रेस…
पुरा पढौ
कास्कीमा पहिरोका कारण दुई जनाले ज्यान गुमायो
पोखरा । कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा गएराति देखि परेको अविरल वर्षाको कारण पहिरो बाट दुई जनाको ज्यान गएको छ । पहिरोबाट ज्यान जानेमा चितेपानीका १३ वर्षिया आयुस्मा रानाभाट र पोखरा १७ आरुपाटाका ३ वर्षिय अनमोल सुनार रहेका छन ।चितेपानी घुम्तीका प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडी भागको ढिस्को खस्दा आयुस्माको ज्यान गएको हो । उनी संगै सुतेकी हजुरआमा लालमाया बन्जारी घाइते भएकी छन् । उनीलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव…
पुरा पढौ
गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी
पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन वर्षका लागि अध्यक्षमा तिवारी सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।संघका बरिष्ठ उपाध्यक्ष दयानिधि पौेडेल, उपाध्यक्ष थोक तर्फ लक्ष्मी नारायण पराजुली, उपाध्यक्ष खुद्रा तर्फ धनु देबी पिया, महासचिव संजिव देवकोटा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्र कुमार अग्रवाल, सचिव संगम बाबु श्रेष्ठ र उप–कोषाध्यक्ष यज्ञ प्रसाद शर्मा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा थोक तर्फ मिलन श्रेष्ठ,दुर्गा…
पुरा पढौ
दुध उत्पादनमा महिला सहकारीले १ करोड लगानी गर्दे
पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटे चौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी…
पुरा पढौ
गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता
पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी…
पुरा पढौ