कास्की

क्रिकेट प्रतियोगितामा कास्की र तनहुँको जीत कायमै

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँको जीत कायमै रहेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हो । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो । पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा… पुरा पढौ

कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु

पोखरा । पोखरामा शनिबार देखि कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । उनलेसबै खेलकुदको जग नै विद्यालय भएकोले गण्डकी खेलकुद परिषदले प्रशिक्षणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए । उनले यस्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक… पुरा पढौ

दिनेश चम्कदाँ तनहुँको जित

पोखरा । दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङले दोस्रो प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा तनहुँले जितेको छ । तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गर्दा उनी एक्लैले ९५ रनको बनाए ।पोखरा रंगशालामा व्याटिङका लागि तेस्रो क्रममा मैदानमा उत्रिएका म्याग्दीका बलर अशोक कार्कीको बलमा बोल्ड हुनु अघि ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार गर्दै ९५ रनको योगदान दिए । तनहुँलाई सम्मानजनक स्कोर १७३ रन बनाउन उत्कृष्ट भूमिका खेलेका दिनेश म्यान अफ दि म्याच समेत घोषित भए । यस अघि… पुरा पढौ

नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक,सरकारले माफी माग्नुपर्छ:खगराज अधिकारी

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा… पुरा पढौ

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते । कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई… पुरा पढौ

यु–१५ विद्यालयस्तरीय खेलकुद अन्तरगत बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण

पोखरा । यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तरग खुलामा लुम्बिनी तथा छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको हो । बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ । यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्वर्ण पदक ल्याउन सफल भएको छ । बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल रह्यो । यसै… पुरा पढौ

यूू–१५ विद्यालय खेलकुद अन्तरगत रग्बीमा कर्णाली प्रदेशलाई दोहोरो स्वर्ण

पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्र/छात्रा दुवैतर्फ कर्णालीले दोहोरो स्वर्ण जितेको हो । छात्रतर्फ फाइनलमा कर्णालीले कोशी प्रदेशलाई पराजित ग¥यो । कर्णालीले कोशीलाई १–० स्कोरले पराजित गरेको हो । मधेश प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै छात्रतर्फ तेस्रो बन्यो । मधेशले बागमतीलाई ५–० स्कोरले पराजित गरेको हो । छात्रातर्फ कर्णालीले बागमती प्रदेशलाई पराजित गर्दै च्याम्पियन बन्यो । निर्धारित समयमा दुवै टिमबाट… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो… पुरा पढौ

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन

पोखरा । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान… पुरा पढौ

यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न

पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा… पुरा पढौ