हतियार देखाई सुनका गरगहना लुट्ने पक्राउ
पोखरा । पोखरामा धारिलो हातहतियार देखाई सुनका गरगहना लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका १ रुम्जा बस्ने शशीधर काफ्लेका घरमा ४/५ जना मानिसहरु आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर,मोवाईल १ थान र नगद १ लाख ७३ हजार समेत गरि १४ लाख ८ हजार बराबरको चोरी गरेको थियो । चोरी भएको सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली…
पुरा पढौ
बबि ब्यूटीसैलुन द्वारा विद्यार्थीलाई छात्रवृत्ति
पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो । छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान…
पुरा पढौ
श्रीमदवीतक कथा प्रवचनमा भक्तजनको भीड
पोखरा । पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको उल्लेख्य सहभागीता जनाएका छन । भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सातौ दिन सम्म आइपुुग्दा भक्तजनको सहभागीता संगै कार्यक्रमलाई सफल बनाउनका लागी सहयोग रकम समेत आउने क्रम शुरु भएको छ । सातौ दिन…
पुरा पढौ
पोखरामा लाखे नाच प्रतियोगिता हुने
पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा साउन २६ गते लाखे नाच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुलाई नेवारी परम्परा अनुसारको झव्ः भ्वय्ः खुवाउने कार्यक्रम समेत रहेको मुलसंयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि करिब २१ लाख खर्च हुने अनुमान गरेको उक्त कार्यक्रममा २० टोलीले प्रतिस्पर्धामा भाग लिने भए पनि २३ टोलीको नृत्य हेर्न पाइने आयोजकले…
पुरा पढौ
पोखराको लेकसाइडमा आगलागी, करिब डेढ करोड क्षति (तस्विर सहित)
पोखरा । पोखराको लेकसाइडको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ । आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । नारेश्वर चोकस्थित उक्त पसलमा विद्युत लाईन सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ । स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए । बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा…
पुरा पढौ
मानव बेचबिखन कम गर्न सचेतना
पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत…
पुरा पढौ
मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज
पोखराः नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् । मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए । यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ । सोहि कार्यक्रममा नेपाल मगर पत्रकार संघ कास्कीले…
पुरा पढौ
सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर पक्राउ
पोखरा । पोखराको पृथ्वीचोकमा सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ को पर्यटक बसको चालकलाई गाली गलौज गर्नुका साथै सवारी साधनको सिसा फुटाई दिएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशले आयोजना गरेका बन्दको दिन उनले ढुङ्गा प्रहार गरि सवारी साधनको सिसा फुटाएका थिए । काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं.६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं…
पुरा पढौ
राष्ट्रिय संगीतकर्मी संघमा सुनिल गायक
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र…
पुरा पढौ
स्कुल बस दुर्घटना अपडेट : आमा छोराको मृत्यु ,२८ जना घाईते
पोखरा । पोखरामा आज बिहान ८:५५ बजे विद्यार्थी लिएर पोखरा फर्कदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटना हुदाँ आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा सोहि स्कुलका सहयोगी ३३ वर्षिया आरती बिक र उनका छोरा प्रिन्स बि.क रहेको प्रहरीले जनाएको हो । पोखरा महानगरपालिका वडा नं.२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । उक्त बसमा चालक तथा बिद्यार्थी सहित ३० सवार रहेको प्रहरीले जनाएको छ । उक्त…
पुरा पढौ