कास्की

सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले रक्तदानको महत्व बारे प्रकाश पार्दै महानगरभित्रका सहकारीहरुमा सम्स्या नपरेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए । पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।  विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था… पुरा पढौ

प्रदेशस्तरीय टेनिस खेल पुरा, फाइनल खेल वर्षाले प्रभावित

पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।  यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ ।  प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र… पुरा पढौ

भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत भाग लिने ह्याण्डबल टोलीको बिदाई

पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।  गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।  प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि… पुरा पढौ

मृगौला पीडितलाई निशुल्क डायलसिस सेवा : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको… पुरा पढौ

तायाःमचा नाच प्रतियोगिताको जिम्मा नयाँबजारलाई

पोखरा । तायाःमचा नृत्य प्रतियोगिता गर्ने जिम्मा यस पटक नयाँबजारलाई पाएकाो छ । उक्त तायाःमचा नृत्य प्रतियोगिताको विजेता हुने सबै समुहलाई नगद पुरस्कार बापतको रकम तेर्सापट्टी निवासी स्व.हेमप्रसाद श्रेष्ठ परिवारले दिने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको… पुरा पढौ

लेकसाइडमा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर”सुरु

पोखरा । पोखरामा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” सुरु भएको छ । पोखरा ६ लेकसाइडमा अवश्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा हुने शिविर ५ दिन सम्म हुनेछ ।शिविरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग केन्द्र पार्दी शाखाका प्रमुख ब्र.कु अमृत दिदीले प्रबचन दिने छिन । प्रमुख अतिथि दिपेन्द्र श्रेष्ठ रहेको उक्त शिविरमा सकारात्मक चिन्तनका लागि आत्म दर्शन एवं परमात्मा दर्शन, तनावमुक्त जीवनका लागि जीवन र जगतको रहस्य, मूल्यनिष्ठ जीवनका लागि कर्मको गहन गति, मानसिक शान्तिका लागि मानव जीवनको वास्तविक… पुरा पढौ

खेलाडी निशिम थापाको शालिक अनावरण

पोखरा । पोखराको रंगशाला भित्र आज (बिहिबार) एक कार्यक्रम गरि स्व.निशिम थापाको शालिक अनावरण गरेको छ । पोखरा रंगशाला हाता भित्रको जग्गामा निशिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा स्व.थापाको शालिक राखेको हो । स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय नेपाल आर्मीको तर्फ बाट प्याराग्लाईडिङ खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगिताकै क्रममा उनको दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा फाउण्डेशनले पार्क निर्माणको लागि पहल शुरु गरेको थियो । त्यही पार्कमा बनेको शालिकलाई लिएर अहिले टिका टिप्पणी… पुरा पढौ

संविधान संशोधन गर्नको लागि सरकार परिवर्तन गरेका हौ : पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ । ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त… पुरा पढौ

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर एनसजेफ गण्डकीले वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर 'पोखरा स्पोर्ट्स अवार्ड २०८०' मा उत्कृष्ट खेलाडी बन्न सफल पुरुष तथा महिला खेलाडीहरुलाई मंगलबार इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ  ।  स्कुटर प्राप्त गर्नेमा आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाल रहेका छन । उनीहरुले बैशाख २८ गते सम्पन्न भएको पोखरा स्पोर्ट्स अवार्डमा पुरस्कार बापत ई. स्कुटर प्राप्त गरेका हुन ।  क्रिकेटका अर्जुन हाल नियमित अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट… पुरा पढौ