कास्की

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।  आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो ।  भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम… पुरा पढौ

पोखरामा ‘मिष्टर नेपाल’को लागि अडिसन हुदैं

पोखरा । मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै  वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न… पुरा पढौ

इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

पोखरा । सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित क्लबकी अध्यक्ष रेनु श्रेष्ठलाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष सरिता शर्माले पदस्थापना गराएकी हुन् ।  क्लबकी नवनिर्वाचत अध्यक्ष श्रेष्ठले क्लबले अघि सारेका योजनाहरु पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला… पुरा पढौ

गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।  आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।  सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना… पुरा पढौ

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा केसी

पोखरा । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन… पुरा पढौ

दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

पोखरा । पोखरा फेवाताल किनारमा रहेको रत्न मन्दिर अर्थात राजदरबार । तत्कालिन राजा पोखरा आउदा बस्ने ठाउ । देशमा राजा हटिसके पछि । नेपाल सरकारले ट्रष्ट बनाएर सर्वसाधारणका लागि खुल्ला गरेको रत्न मन्दिरमा मानिसहरु तत्कालिन राजाहरुको दरबार कस्तो हुदो रहेछ भनेर हेर्न जाने गर्दछ । विदाको दिन अलि बढि भिड हुने उक्त ठाउ अन्य दिन सरदर ७०/८० जना दरबार हेर्न आउने त्यहाँका इकाई प्रमुख मिन प्रसाद लामिछानेले बताए । रत्न मन्दिर भित्र लेउले ढाकिएको हिड्ने बाटो मंगलबार पोखराका सुक गुरुङ… पुरा पढौ

साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् । प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ । समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५… पुरा पढौ

बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा… पुरा पढौ

सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले रक्तदानको महत्व बारे प्रकाश पार्दै महानगरभित्रका सहकारीहरुमा सम्स्या नपरेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए । पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।  विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था… पुरा पढौ