कास्की

पर्वतारोही पूर्णिमालाई पब्लिक फोरकेको सम्मान

पोखरा। पोखरामा आज (बिहिबार) किर्तिमान पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा… पुरा पढौ

पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको प्रस्थान

पोखरा । साउनपोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका छन् । नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १ देखि… पुरा पढौ

पश्मिाञ्चल कपास उद्योगमा आगलागी (तस्बिर सहित)

पोखरा । पोखराको गैह्रपाटनमा रहेको पश्मिाञ्चल कपास उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कम्पनीको करिब २२/२३ लाख क्षति भएको जनाएको छ । विद्युतको एमसिबी सर्ट भएको कारण उक्त घटना हुन पुगेको संचालक बसन्त कतिलाले नयाँ लिपीलाई बताए । स्थानीय कतिलाले आफ्नै जग्गामा विगत १२ वर्ष देखि कपास उद्योग संचालन गर्दे आईरहेको थिए । आज (बिहिबार) करिब ११ बजेर ५ मिनेटमा आगलागी भएको स्थानीयले बताए । नेपाल आर्मी,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,स्थानीय र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको… पुरा पढौ

शितल ज्योति क्लवको अध्यक्षमा पुनः नर प्रसाद

पोखरा ।शितल ज्योति युवा क्लव पोखरा १२ को दशाै वार्षिक साधारणसभा तथा चाैथो अधिवेशनले पुनः नर प्रसाद गुरूङको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । क्लवको प्रथम उपाध्यक्षमा राजकुमार गुरूङ द्दितिय उपाध्यक्षमा मिन प्रसाद गुरूङ सचिवमा पुर्ण वहादुर गुरुङ सह–सचिवमा विमला गुरुङ कोषाध्यक्षमा पुर्ण प्रसाद गुरूङ सह–कोषाध्यक्षमा नविन गुरूङ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा जुम वहादुर गुरूङ,अर्जुन गुरूङ, शशि मल्ल,सुनिल गुरूङ,दिपेन्द्र श्रेष्ठ,साेम गुरूङ,रहेका छन। क्लवको मनोनीत सदस्यहरूमा पंच वहादुर गुरूङ,निरज गुरूङ,लक्ष्मण गुरूङ,निकिता गुरूङ,एलि गुरूङ,सन्दिप गुरूङ,सुमन काेइराला,विजय कार्की रहेका… पुरा पढौ

हतियार देखाई सुनका गरगहना लुट्ने पक्राउ

पोखरा । पोखरामा धारिलो हातहतियार देखाई सुनका गरगहना लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका १ रुम्जा बस्ने शशीधर काफ्लेका घरमा ४/५ जना मानिसहरु आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर,मोवाईल १ थान र नगद १ लाख ७३ हजार समेत गरि १४ लाख ८ हजार बराबरको चोरी गरेको थियो । चोरी भएको सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली… पुरा पढौ

बबि ब्यूटीसैलुन द्वारा विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो । छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान… पुरा पढौ

श्रीमदवीतक कथा प्रवचनमा भक्तजनको भीड

पोखरा । पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको उल्लेख्य सहभागीता जनाएका छन । भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सातौ दिन सम्म आइपुुग्दा भक्तजनको सहभागीता संगै कार्यक्रमलाई सफल बनाउनका लागी सहयोग रकम समेत आउने क्रम शुरु भएको छ । सातौ दिन… पुरा पढौ

पोखरामा लाखे नाच प्रतियोगिता हुने

पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा साउन २६ गते लाखे नाच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुलाई नेवारी परम्परा अनुसारको झव्ः भ्वय्ः खुवाउने कार्यक्रम समेत रहेको मुलसंयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि करिब २१ लाख खर्च हुने अनुमान गरेको उक्त कार्यक्रममा २० टोलीले प्रतिस्पर्धामा भाग लिने भए पनि २३ टोलीको नृत्य हेर्न पाइने आयोजकले… पुरा पढौ

पोखराको लेकसाइडमा आगलागी, करिब डेढ करोड क्षति (तस्विर सहित)

पोखरा । पोखराको लेकसाइडको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ । आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । नारेश्वर चोकस्थित उक्त पसलमा विद्युत लाईन सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ । स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए । बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत… पुरा पढौ