कास्की

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा : थापा

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश… पुरा पढौ

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ… पुरा पढौ

समयमा रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यन्वयन… पुरा पढौ

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”

पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो। उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ। फिल्मका निर्देशक अशोक थापा मगर भन्छन्, ‘फिल्म मेकिङमा हामीले… पुरा पढौ

गण्डकीका मन्त्री थापाको १०० दिन

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए ।  प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन… पुरा पढौ

युवा बौद्द संघको अध्यक्षमा : थापा

पोखरा । युवा बौद्द संघको अध्यक्षमा कमला थापा सर्वसम्मत चयन  भएकी छिन ।  पोखरा ३ नदिपुर स्थित धर्मशिला बुद्द बिहारमा शनिबार सम्पन्न भएको २९ औ साधरण सभा एंव १५ औ अधिवेशनले ११ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  संघको उपाध्यक्षमा सुमन शाक्य, सचिव आनन्द बज्राचार्य, सह-सचिव प्रीति बुद्धाचार्य, कोषाध्यक्षमा शुभाष पालिखे चयन भएका छन ।  त्यस्तै सदस्यहरुमा जितेन्द्र नापित, सिद्दार्थ उदास, शरण शाक्य, जेम्स शाक्य, प्रबिण बुद्धाचार्य र अशिस बजिमय रहेका छ्न ।   कार्यक्रमका प्रमुख अतिथि भिक्षु धज्जवन्तोले पंचशील प्रदान गरि… पुरा पढौ

लामाचाैर कप :  पुरुष भलिबलको उपाधि पुलिसलाई  

पोखरा । पाेखरामा अायाेजित लामाचाैर कपमा पुरुष भलिबलको उपाधि पुलिस क्लबले उचालेको  छ। शनिबार  सम्पन्न भएको फाइनल खेलमा  एपिएफ भलिबल टिमलाई ३-२ सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।   पहिलाे सेट पुलिसले २५-१६ ले जितेको हो । दाेस्राे सेटमा एपिएफले कमब्याक गर्दै २५-२१ को नतिजा निकाल्यो । तेस्राे सेट पुलिस  २५-१९ ले नतिजा निकाल्दै जितको संकेत दिए ।  चाैथाे सेट एपीएफ २५-२२ ले जित्दै पुलिसलाई सहज जित बाट पारा लगायो । निक्कै प्रतिस्पर्धात्मक खेलको पाचौ सेटमा पुलिस ले १६-१४ को नतिजा निकाल्दै विजयी भएको… पुरा पढौ

पोउवासंघ महाधिवेशनः उपमहासचिव पदको स्वतन्त्र उम्मेदवार प्रधानाङ्ग घरदैलोमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले उपमहासचिव उम्मेदवारी सुदिप प्रधानाङ्ग घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका सुदिप प्रधानाङ्ग चुनावी मैदानमा छन् । कुनै पनि व्यवसायी संस्थामा राजनिति हुनुहुन्न भन्ने प्रधानाङ्ग उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारका रुपमा खरो भएर उर्तिएका छन । पदिय कार्यश्रेत्र भित्र रहि प्रधानाङ्गले व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने जनाएका… पुरा पढौ

मिस मगरको अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स

पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने मिस मगर नेपालको अफिसियल एयरलाइन्समा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो ।  निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको अफिसियल एयरलाइन्स पार्टनरको रुपमा यति एयरलाइन्सका प्रतिनिधि राम लामिछाने र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा… पुरा पढौ

लामाचौर भलिबलको उपाधि एपिएफलाई

पोखरा । लामाचौर कप भलिबल महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुदायक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट… पुरा पढौ