गोरखा

प्रचण्डविरुद्धको बागी भट्टको उम्मेदवारी फिर्तां

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ। गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको म प्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’ पुरा पढौ

गोरखाका ३ ठाउँमा बालुवा उत्खनन् र बागलुङमा तामा उत्खननका लागि अनुमति

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ