प्रचण्डविरुद्धको बागी भट्टको उम्मेदवारी फिर्तां

-


     नयाँ लिपि    
     असाेज २६ गते २०७९ मा प्रकाशित


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ।

गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको म प्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’