अर्थतन्त्र

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

नेप्से परिसूचक ६० अङ्कले बढ्याे

आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको… पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार… पुरा पढौ

बागलुङ नगरको एकमात्र उद्यमशील सहकारी साझा चौतारीको साधारणसभा सम्पन्न !

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा रहेको साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा उद्यमशीलता तर्फ एकमात्र सहकारीको रुपमा स्थापित साझा चौतारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कामयमै रहेकोले भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न समस्या हुने भएकोले सस्थाको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतिनिधिमुलक उपस्थितिमा शनिबार साधारण सभा सम्पन्न गरिएको हो ।साधारण सभाले संस्थाकाे आर्थिक बर्ष २०७७/०७८ को… पुरा पढौ