Author Archive

ओलीका प्रतिश्पर्धी युगपाठकलाई पुतली चुनाव चिह्न

झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बलिया उम्मेदवार मानिन्छन् । त्यस्तै सो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धा गर्दैछन् । पुरा पढौ

प्रचण्डविरुद्धको बागी भट्टको उम्मेदवारी फिर्तां

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ। गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको म प्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’ पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका… पुरा पढौ

आइतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश आमने सामने हुनेछन् । अर्को खेल सुदुर पश्चिम र बागमती प्रदेश बिच हुनेछ । नौ टिमविच हुने प्रतियोगितामा सहभगी टिमलाई दुई समुहमा बिभाजन गरिएको छ । समुक क मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । त्यस्तै, समूह ख मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश… पुरा पढौ

फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक

बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर! खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन… पुरा पढौ

राष्ट्रिय सम्पदाको शुभकामना आदानप्रदान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’ समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी अष्ठमान प्रधानांगले प्रकाश पारे । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले देश… पुरा पढौ

१७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

काठमाडौँ, ३ भदौराष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो… पुरा पढौ

प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको… पुरा पढौ

कालीगण्डकीबासीलाई सित्तैमा बिजुली

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो… पुरा पढौ

गुरुङ र तिमिल्सेना पुरस्कृत 

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । पुरा पढौ