राष्ट्रिय सम्पदाको शुभकामना आदानप्रदान

-


     नयाँ लिपि    
     असाेज ८ गते २०७९ मा प्रकाशित


राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’

समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी अष्ठमान प्रधानांगले प्रकाश पारे । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि सम्पदाको दोहन र जनताको अधिकार कुन्ठित हुने क्रम नरोकिनु दुखद् भएको बताए । चाडपर्वमा आपसी सहिष्णुता र आत्मीयता अभिवृद्धिसँगै जनसरोकारका विषयमा छलफल होस् भनी कार्यक्रम गरिएको उनको भनाइ छ ।

समारोहमा मानवअधिकार आयोग पोखराका अधिकृत टंक खनाल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, संस्थाका पूर्व अध्यक्ष शशि तुलाचन, उपाध्यक्ष निर्मला कोइराला, महासचिव ठाकुरप्रसाद बराल लगायतले बोलेका थिए ।