Author Archive

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

भारतको पहिलो जित, अफगानिस्तान पराजित

उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट… पुरा पढौ

२ लाख ५२ हजार डोज हैजाविरुद्धको खोप नेपाल आउँदै

सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ। कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तराष्ट्रिय नियकासँग पहल गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ। ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको प्रवक्ता  डा पौडेलले जानकारी दिए। उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका… पुरा पढौ

हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए। उनले भने, 'स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्।' दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ।  पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन्। रासस पुरा पढौ

स्वास्थ्यकर्मी नहुँदा आँगनमै सुत्केरी: कारबाहीमा परे स्वास्थ्यकर्मी, तलब काटिने

कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन्।  स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन्।  सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए। स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन्। सबै कर्मचारी तिहार बिदामा घर गएकाले… पुरा पढौ

प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी… पुरा पढौ

प्रकृतिमैत्री पूर्वाधार

यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो । मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले… पुरा पढौ

सल्यानमा दाङ जाँदै बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा यात्रुवहाक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्घान अनुसार बसमा २६ जना सवार रहेको बुझिएको छ भने बस सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन… पुरा पढौ

आज भाइटीका, उत्तम साइत ११ः २ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ