Uncategorized

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ… पुरा पढौ

सेतीमदीको सदस्यलाई ए एण्ड बि इन्टरनेश्नल हस्पिटलल १०- ३० प्रतिशतसम्म छुट

पोखरा २४ भदौ पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आफनो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचत सगै क्रण लिदा उपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिईएको थियो । सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरु सगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना… पुरा पढौ

समयमा रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यन्वयन… पुरा पढौ

पल्सर स्पोर्टस् अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रम बीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । विस २०८० को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको नतिजालाई आधार मानेर मनोनयन गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । चारवटै विधामा उत्कृष्ट पाँच÷पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट… पुरा पढौ

लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा… पुरा पढौ

बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान (आगलागी भएको तस्विर सहित)

पोखरा । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगजनी गरेको अभियोग लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।  पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशअनुसार शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लागेको थियो। अनुसन्धानमा उनीहरूले नै बीमावापतको रकम… पुरा पढौ

कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

सुजित ढुङ्गना , पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा मनाउदै आईरहेको पर्व यस पटक पनि भव्यरुपमा मनाएको नेपाल वृन्दाबन धामकी कोषाध्यक्ष अ्म्बिका ढुङानाले बताईन । वृन्दाबन कास्कीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं मानिसहरुको सहभागिता रहेको ढुङानाले बताईन । यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएको आयोजकले बताएका छ्न । यो जात्रामा दहीको होली खेल्ने परम्परा अन्य स्थानमा भन्दा फरक भएको उक्त स्थानमा भएको… पुरा पढौ

सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

पोखरा । पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ । चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर काठमाडौं भन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्दै आएका सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु लक्षित गरेर ‘दशैं उत्सव’ कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी स्वरुप समितिले शुक्रबार साँझ स्थानिय व्यवसायीसँग छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा दशैं उत्सवसँगै व्यापार प्रवद्र्धनका लागि… पुरा पढौ

पोखरा १२ को डेगुं परिक्षण एंवम सचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२,लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको सयुक्त आयोजनामा निःशुल्क डेगुं रोग परिक्षण तथा जनचेतना कार्यक्रम आज(शुक्रबार) सम्पन्न भएको छ । पोखरा १२ कार्यालयको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेगुं रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे । क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टृक्ट ३२५ आइ नेपालका डिष्टृक्ट… पुरा पढौ

काठमाडौँमा मोटरसाइकल मार्शलिङ तालीम हुने

काठमाडौ । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने मार्सल एसियाका उपाध्यक्ष सुजित एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने… पुरा पढौ