Skip to content

अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरे ।

प्रतियोगिताका वितेताहरुलाई एक समारोहका विच नगद सहित ट्रफि, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरुलाई आयोजक क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा रावत, क्लवका निवर्तमान अध्यक्ष मोनिका थापा लगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक बन्दना कार्की केसीले समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जोण्टाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो । क्लवले अभियान अन्तर्गत सडक नाटक, क्यान्डल लाइट लगायतको कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।

पोखराको घारिपाटनस्थित आभ्या क्लवमा सम्पन्न प्रतियोगिताका निर्णायक मनोज तामाङ्गले सहभागि सबैले उत्कृष्ट चित्र बनाएको बताउँदै केहि नम्बरको अन्तरमा मात्रै विजयी घोषणा गर्नुपरेको बताए । कलाकार कृपा श्रेष्ठ पनि निर्णायकको भूमिकामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *