नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

- क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्र नै सकिने

-


     नयाँ लिपि    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित


नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।
“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियो
हुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन ।

क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २० तारिक गर्ने निश्चित भएको छ भने कान्साइको पनि नोभेम्बर भित्र नै अधिबेशन गरिने छ । यसै वर्ष ओकिनावा,निगाता ,हिरोसीमा लगाएतमा क्षेत्रमा नया क्षेत्रीय समिति गठन भएको प्रचारप्रसार संयोजक पाण्डेले जानकारी गराए ।

राष्ट्रिय अधिवेशन तयारीका लागि हवलचन्द्र लामा संयोजक र सालिकराम भण्डारी उप संयोजक रहेको १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरि सोही मार्फ़त काम कारवाहि भैरहेको र अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोहन पौडेलको समयोजकत्वमा व्यवस्थापन(हल, यातायात) उप समिति, बाबुराम पौडेल संयोजकत्वमा रहेको सदस्यता नवीकरण तथा वितरण उप समिति, हवलचन्द्र लामा संयोजकत्वमा विधान मस्यौदा उप समिति, श्यामहरी पाण्डेको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरि कार्य भैरहेको पनि जारी सूचनामा जनाईएको छ ।

त्यस्तैगरि भवानी पन्तको समयोजकत्वमा आर्थिक संयोजन उप समिति,जनक सुवेदी संयोजकत्वमा अतिथि सत्कार तथा समन्वय उप समिति र हर्क थापाको समयोजकत्वमा सदस्य डा. भुपालमान श्रेष्ठ, तिलक मल्ल रहेको निर्वाचन समिति समेत गठन गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।

“संगठन भनेको नै यस्तो सामूहिकता हो जुन दीर्घकालीन भै भावनात्मक र वैचारिक एकताले बाध्ने काम गर्दछ र आत्मीयता बनाउदै सहयोग आदानप्रदानको लागि उत्साहित बनाउन सहयोग पुर्याउने उपयुक्त थलो भएकोले जापानमा रहनु भएका संगठनप्रति आस्थावान शुभेक्छु दाजु भाइ दिदीबहिनीलाई सदस्यता नवीकरण तथा वितरण कार्य तिव्र कार्यमा भएकोले उप समितिमा सम्पर्क गरि वा क्षेत्रीय समितिमा सम्पर्क गरि सदस्यता लिनु हुन र क्रान्तिकारी विचारको यस संगठनमा लामबद्द हुनु हुनका लागि समेत अनुरोध गर्दछौ” सूचनामा भनिएको छ ।