बीग अपरेशनः जुवा खालबाट ७ महिलासहित २१ पक्राउ, सवा १२ लाख बरामद

काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ लाख २९ हजारभन्दा बढी नगदसहित २१ जनालाई पक्राउ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित दुईतले टिनको टहरा भाडामा लिई बस्ने ४१ वर्षीया प्रतिभा तिमल्सिनाको कोठामा कौडा खेलिरहेको अवस्थामा राति उनीहरूलाई पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले राति करिब ११:१५ बजे छापा मारेको थियो।

छापा मार्ने क्रममा जुवाखालबाट नगद १२ लाख २९ हजार ६ सय रुपैयाँ, ३३ थान कौडा, १७ बुक तास, २३ थान मोबाइल फोन तथा केही सवारी साधनहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले बताए।

पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

पक्राउ पर्नेहरू:
१. सन्तोष तामाङ (३० वर्ष) – धुलिखेल, काभ्रे
२. शिवराज भण्डारी (४१ वर्ष) – बूढानीलकण्ठ, काठमाडौँ
३. अर्जुन डंगोल (५३ वर्ष) – टोखा, काठमाडौँ
४. नयन लामा (४८ वर्ष) – दुधौली, सिन्धुली
५. रामदेव रिमाल (४५ वर्ष) – टोखा, काठमाडौँ
६. सन्तमान तामाङ (५० वर्ष) – साँगाचोकगढी, सिन्धुपाल्चोक
७. रमेश लामा (६० वर्ष) – शिवपुरी, नुवाकोट
८. विक्रम खड्का (४३ वर्ष) – शिवपुरी, नुवाकोट
९. कमल ज्ञवाली (३८ वर्ष) – नागार्जुन, काठमाडौँ
१०. बिरबहादुर तामाङ (४८ वर्ष) – धुलिखेल, काभ्रे
११. टिकाराम बराल (४४ वर्ष) – कनकाई, झापा
१२. अजय तामाङ (३९ वर्ष) – नमोबुद्ध, काभ्रे
१३. रामशरण डंगोल (३१ वर्ष) – नौकुण्ड, रसुवा
१४. बुद्धिबहादुर श्रेष्ठ (५५ वर्ष) – मध्यपुर थिमी, भक्तपुर
१५. देवी गुरुङ (५५ वर्ष) – रत्ननगर, चितवन
१६. लक्ष्मी बानियाँ (४१ वर्ष) – भुल्लु, काभ्रे
१७. निलिमा तामाङ (३९ वर्ष) – बूढानीलकण्ठ, काठमाडौँ
१८. मेनुका राई (४२ वर्ष) – इटहरी, सुनसरी
१९. रञ्जना मोक्तान (३८ वर्ष) – काभ्रे
२०. ओममाया गुरुङ (४७ वर्ष) – भरतपुर, चितवन
२१. प्रतिभा तिमल्सिना (४१ वर्ष) – बेलकोटगढी, नुवाकोट (डेरावाल)

Exit mobile version