सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ ।
स्याङ्जाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरूको सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो ।
वालिङ–१० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१०का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो ।
दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये चार जना वालिङ–१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरू हुन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।
