नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनको समानान्तर तयारीका लागि मधेश प्रदेशबाहेक ६ प्रदेशका जिल्लामा संयोजक र सहसंयोजक खटाएको छ ।
देउवा पक्षले असोज १५ देखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
गण्डकी प्रदेशमा गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषीराम काफ्ले, मनाङमा नाचोड गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई संयोजक तोकिएको छ ।
तनहुँ, मुस्ताङ र स्याङ्जाको विवरण सार्वजनिक गरिएको छैन ।
