रास्वपा तनहुँको जिल्ला विस्तारित बैठकमा आगामी कार्यदिशाबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला विस्तारित बैठक बुधबार सम्पन्न भएको छ।

बैठकमा पार्टीका केन्द्रीय महामन्त्री विपिन आचार्य प्रमुख अतिथि रे केन्द्रीय सदस्य तथा सचिवालय सदस्य शिव नेपाली विशिष्ट अतिथिकारुपमा सहभागी थिए ।

बैठकमा जिल्लाको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा पार्टी गतिविधिबारे छलफल गरिएको छ ।

बैठकमा जिल्लाका १० वटै पालिका सभापति, वडा सभापति तथा रास्वपा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

विभिन्न तहका पार्टी प्रतिनिधिहरूले संगठन सञ्चालन, आगामी निर्वाचनको तयारी तथा पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धलगायत विषयमा आफ्ना प्रश्नहरू राखेका थिए। ।

बैठकमा व्यास नगर सभापति चूडामणि दाहालले पार्टीको विधान, बन्दीपुर गाउँपालिका सभापति शम्भु श्रेष्ठले उम्मेदवार छनोट विधि, जिल्ला उपसभापति विष्णुबहादुर पन्तले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध तथा भानु नगर सभापति विष्णु पोख्रेलले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा आफ्नो प्रस्तुति तथा धारणा राखेका थिए ।

बैठकमा सहभागीले स्थानीय तहसम्म पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, वडा तहलाई सक्रिय बनाउने तथा आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।

Exit mobile version