चिलिमेको सुरुङ भित्र भेटिए चार शव

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा चिलिमेको सुरुङभित्र चार शव फेला पारेको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना रहेकाले खोजी कार्य जारी छ ।

भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाउँदै खोजी गरिरहेको छ ।

खोजीका क्रममा चार शव भेटिए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version