लेकसाइडमा करेन्ट लागेर विद्युतका कामदारको मृत्यु

पोखराको लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ३४ वर्षीय सन्तोष केसीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार लेकसाइडमा काम गरिरहेका बेला केसीलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी पोलबाट तल खसेका थिए ।

शुक्रबार दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पताल पुर्‌याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतक केसी पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकका स्थायी बासिन्दा हुन् । उनी हाल पोखरा–५ मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारी कामदारका रूपमा कार्यरत थिए ।

Exit mobile version