आजबाट कास्की प्रशासनले शव व्यवस्थान गर्ने, आकस्मिक बैठक बस्दै

गत बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीकाकारण मृत्यु भएकाहरुको शव विभिन्न जिल्लामा राखिएको छ ।

सोहीक्रममा चितवन, तनहुँ गोरखा र धादिङबाट पोखरामा १०२ वटा शव संकलन गरिएका थिए । जसमध्ये आइतबार साँझसम्म १५ वटामात्र हस्तान्तरण भएका छन् । बाँकी ८७ वटा शवको पहिचान हुन सकेन ।

८७ वटा शवको पोस्टमार्टम भइसकेको छ । धेरैको पहिचान हुन नसकेको र दुर्गन्धसमेत फैलिन थालेपछि शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ ।

शव व्यवस्थापन कहाँ, कसरी गर्ने भन्ने विषयमा यतिबेला जिल्ला प्रशासन कार्यालय, कास्कीमा सर्वदलीय बैठक सुरु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार मुख्यतः स्थान निश्चित गर्न बैठक केन्द्रित हुने जानकारी दिएका छन् ।

प्रशासनले महानगरभित्र ३ स्थान अवलोकन गरिसकेको छ । सम्भवतः कतैबाट विरोध नभए वडा नम्बर १६ को बस्तीबाट टाढा रहेको स्थानमा शव व्यवस्थापन हुने सम्भावना अधिक छ ।

Exit mobile version